काठमाडौं । बिपी राजमार्ग ३ दिनका लागि बन्द गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार सूचना जारी गरी बिपी राजमार्गको भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधनलाई चल्न निषेध गरेको हो ।
बाढीपहिरोको जोखिमका कारण शनिबार बिहान ९ बजेदेखि आगामी २० गतेसम्म उक्त सडक खण्डमा सवारी साधन चल्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
यस्तै, यात्रामा ननिस्किन र बिपी राजमार्गमा यात्रा नगर्न पनि आग्रह गरिएको छ ।




