November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बडादसैंमा शुभकामनाबाहेक उपहार नलिन रास्वपाको निर्देशन

495

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैंका अवसरमा शुभकामना पत्रबाहेकका उपहार नलिन पार्टी नेताकार्यकर्तालाई निर्देशन गरेको छ ।

पार्टी प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीका निवर्तमान सांसदहरुलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउनसमेत निर्देशन दिएको छ ।

यस्तै जेन–जीको अगुवाइमा भएको आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले राष्ट्रिय शोकको अवस्था रहेको बताउँदै यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरेको छ ।

Advertisement