काठमाडौं । प्रहरीको हत्या गरेको आरोपमा एकजनालाई काठमाडौं प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।
जेन-जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो।
महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।




