काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा स्थापना गरिएको मन्त्रीको कार्यकक्ष बन्द गर्न लगाएका छन् ।
गत मंसिरमा तत्कालीन मन्त्री दीपक खड्काले खोलेको उक्त कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङले निर्देशन दिएका हुन् ।
अध्यक्षका रूपमा रहेको उक्त कार्यकक्ष बन्द गरेर आन्तरिक प्रयोजनका लागि प्रयोग गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।
उनले मन्त्रालयको सचिव स्तरबाट निर्णय गराएर यस्तो निर्देशन दिएका हुन् ।