November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण गर्न रास्वपाले श्रमदान अभियान चलाउने

675

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने भएको छ । केन्द्रीय ¥याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापाले विज्ञप्ति जारी गर्दै भदौ २४ गते प्रदर्शनका क्रममा ध्वस्त भएका भवनहरुको पुननिर्माणका लागि श्रमदान गर्ने जानकारी दिएका छन् ।

यस्तै सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी ट्राफिक स्वयंसेवक सेवा सञ्चालन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा तोडफोड, आक्रमणका कारण धेरै सार्वजनिक भवनहरू ध्वस्त भएका छन् र सडक यातायातमा ठूलो अवरोध सिर्जना भएको छ। यस्ता घटनाले समाजमा तनाव बढाउनुका साथै दैनिक जनजीवन कठिन बनाएको छ। यस गम्भीर अवस्थालाई सम्बोधन गर्न, हाम्रो केन्द्रीय ¥याट समन्वय विभागले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै, सबै समितिका पदका सदस्यहरूलाई विभिन्न स्वयमसेवी कार्यमा सक्रिय सहभागिताको लागि आह्वान गर्दछौं ।’

Advertisement

रास्वपाले स्वयमसेवी कामका लागि तोकेको ६ वटा क्षेत्रहरू

१) सरकारी निकाय तथा स्थानीय प्रशासनसँग सहकार्य गरी आन्दोलनमा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण कार्यमा श्रमदान गर्नु ।

२) सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी “ट्राफिक स्वयंसेवक सेवा” संचालन वा सहयोगमा सहभागी हुनु।


३) सामाजिक सुरक्षामा योगदान गर्न शान्ति–सुरक्षा कार्यक्रम सञ्चालन गर्नु।

४) यस घटनाबाट प्रकोपित, असहाय परिवार, बिरामी तथा विपन्न वर्गलाई आफूले सक्ने जति दैनिक आवश्यकता सामग्री वितरण गर्नु।

५) जनसहभागितासहित सामाजिक सद्भाव र शान्ति कायम गर्न सक्दो सहयोग पु¥याउनु।

६) आफ्नो समय, श्रम र सीप योगदान गरेर समाजलाई पुनः सामान्य अवस्थामा फर्काउन अग्रसर हुनु।