November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपालको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

685

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।

Advertisement

नवनियुक्त प्रधानमन्त्री कार्कीको ९ बजे हुने भनिएको शपथको समय केही समय पर धकेलिएको छ । केही तयारी अझै बाँकी रहेकाले शपथको कार्यक्रम करिब २० मिनेट पर धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।