काठमाडौं । प्रहरीको गोली लागेर जेनजी पुस्ताका एक प्रदर्शनकारीको मृत्यु भएको छ।
गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । मृतकको परिचय भने खुलिसकेको छैन।
निजामती अस्पतालमा मात्रै १०० भन्दा धेरै घाइतेको उपचार जारी रहेको बताइएको छ ।
प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको थियो ।




