November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भ्रष्टाचारविरुद्ध सडकमा उत्रिए जेन–जी

615

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा माइतीघरमा भेला भएका जेन–जीका प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढेका छन् । सोमबार बिहान ११ बजेको समय तोकिए पनि ९ बजेदेखि नै माइतीघरमा भेला भएका उनीहरू नाराबाजी गर्दै बबरमहल पुगेका हुन् ।

उनीहरुले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’, ‘जनाताको पैसा खानेलाई बिदाई’, ‘डोन्ट फिड द ग्रीड’, ‘खानलाई नुन छैन, तिमीलाई ओड्ने सुन चाहिने?’, ‘आवर फ्युचर इज नट् फर् सेल’, जस्ता प्लेकार्ड बोकेका छन् ।

करिब ४ हजारको संख्यामा युवाहरू भेला भएको बताइएको छ । कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको बताइएको छ ।

Advertisement