November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

क्यानडामा सम्पन्न खुला कविता प्रतियोगितामा पशुपति घिमिरे प्रथम

1.7K

क्यानडाको क्यालगरीमा यसै हप्ता सम्पन्न एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज(एएनए)को ४२ औं सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले आयोजना गरेको खुला कविता प्रतियोगितामा पशुपति घिमिरे प्रथम भएका छन् ।

घिमिरेको म शीर्षकको प्रभावशाली दार्शनिक कविताले प्रथम स्थान हासिल गरेको प्रतियोगिता संयोजक सुरेन उप्रेतीले बताए ।
शनिवार आयोजित विशेष समारोहमा पुरस्कृत कविलाई एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, अनेसास ट्रस्टी सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले र निवर्तमान अध्यक्ष गोवद्र्धन पूजाले प्रमाण पत्र र नगद पुरस्कारबाट सम्मानित गरेका थिए ।

प्रतियोगितामा दोस्रो पुरस्कार दिनेश धरेलको ध्रुवतारा शीर्षक कविताले प्राप्त गर्यो भने तेस्रो पुरस्कार अरूण श्रेष्ठको आदमारी तिमी किन नेपाल आउँछौ र रेखा किरण पौडेलको घुम्टो भित्र शीर्षक कविताले सान्त्वना पुरस्कार प्राप्त गरेको निर्णायक राजकुमार बानियाँले बताए ।बानियाँ सहित नारायण अधिकारी र सीता पाण्डे निर्णायक रहेका थिए ।

Advertisement

प्रथम हुने कवि पशुपति घिमिरे अमेरिका निवासी हुन् भने बाँकी तीनै पुरस्कृत कविहरू क्यानडा निवासी हुन् ।