November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अफ्रिकी खेलाडीलाई डेब्यू गराएको वालिङलाई आर्मीले ७-० गोलले हरायो

2.9K

काठमाडौं: महिला राष्ट्रिय फुटबल लिगमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिका स्याङ्जालाई ७-० गोलले पराजित गरेको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन्।

विमलाले खेलको १५ मिनेटमा पहिलो गोल गरिन्। दीपा राईले २८ मिनेटमा दोस्रो गोल गर्दा शर्मिला थापाले पहिलो हाफ सकिनुअघि तेस्रो गोल गरिन्। विमालले ६६ र ७५ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै हेमा चौधरीले ८९ मिनेटमा छैटौं गोल गरिन्। भुजाङ्गा राईले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल थपेकी थिइन्।

पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा जित निकालेसँगै प्रशिक्षक राजु तामाङले खुसी व्यक्त गरे। अब आर्मीले उपाधि दाबेदार नेपाल एपिएफसँग खेल्दैछ। सो खेलमा आर्मीका लागि महत्वपूर्ण भएको उनको भनाइ छ।

Advertisement

खेलमा वालिङले तीन जना क्यामरुनका खेलाडीलाई डेब्यू गराएको थियो। तर पनि आर्मीविरुद्ध वालिङले फितलो प्रदर्शन गर्‍यो। वालिङका प्रशिक्षक दिलिप थापाले एक जना विदेशी खेलाडी घाइते भएर खेलाउन नपाएको बताए।

साथै नेपाली खेलाडी र विदेशी खेलाडीबीच तालमेल नमिलेको पनि उनको भनाइ छ। उनले आगामी दिनमा खेलमा सुधार ल्याउने पनि विश्वास व्यक्त गरे।