November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रिटायर्ड हुन लाग्या छु, पार्टीलाई एक बनाउने इच्छा छ: देउवा

735

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट रिटायर्ड हुन लागेको बताउदै रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले आफू पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको गुनासो व्यक्त गरे। उनले भने, ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ । ‘

यस्तै, सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताए । संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै उनले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको उल्लेख गरे । उनले भने, ‘समानुपातिक समावेशी र सबै जातीय प्रतिनिधित्व हुने संविधान राम्रो छ । तर एक्लैले बहुमत ल्याउन गारो छ । एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । हिजो माओवादीसँग मिल्यौ आज एमालेसँग । हामी मिल्ने हो भने एक्लै बहुमत ल्याउन सक्छौ ।’

Advertisement