काठमाडौं । ‘जीवनपथ’ गीति म्युजिक भिडियो (लघु चलचित्र)को प्रिमियर सो कार्यक्रम सम्पन्न भएको छ । सोमबार डिल्लिबजारस्थित तपस होटलमा सखी प्रतिष्ठानले आयोजना गरेको विशेष कार्यक्रममा भिडियो प्रिमियर गरिएको हो ।
साहित्यकार मन्जिला अनिलको शब्द र चर्चित सङ्गीतकार एवं गायक नरहरी प्रेमीको सङ्गीत र स्वरमा निर्माणाधीन सो म्युजिक भिडियो (चलचित्र)को छायांकन वीरेन्द्र भाट ‘विपिन’ले गरिरहेका छन् ।
उक्त ‘जीवनपथ’ गीति म्युजिक भिडियो सर्जक अनिलनाथ उप्रेतीको जीवनसँग सम्बन्धित कथामा निर्माणाधीन रहेको शब्दकार मन्जिला अनिलले बताए ।
सो कार्यक्रमका प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कार्यक्रमका सभापति मन्जिला अनिल, विशिष्ट अतिथिहरू शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, चर्चित सङ्गीतकारहरू सीताराम पोखरेल (नेपाल आयल निगमका पूर्व निर्देशक) र सङ्गीतकार नरहरी प्रेमीले ‘जीवनपथ’ म्युजिक भिडियोको ‘प्रोमो” सार्वजनिक गरेका थिए ।
कवि मीना श्रेष्ठको विशेष उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि राधेश्याम लेकालीले सखी प्रतिष्ठानको उदेश्य, गतिविधि तथा नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सोही कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडीले कवि मञ्जिलाको शब्द रचनाको प्रशंसाा गर्दै गीति चलचित्र अनिलनाथ उप्रेतीका लागि मञ्जिलाको प्रेमोपहार भएको बताए ।
कार्यक्रममा सङ्गीतकार सीताराम पोखरेलले अनिलनाथ उप्रेतीसँगको आफ्नो सम्बन्ध, सहकार्य, अनुभव र सक्रियताको बारेमा संक्षेपमा प्रकाश पार्दै गीत गाएका थिए ।
सार्वजनिक गरिएको ‘जीवनपथ’ गीति म्युजिक भिडियोका सङ्गीतकार एवं गायक नरहरि प्रेमीले म्युजिक भिडियोबारे चर्चा गर्दै आफूले कर्म गर्दै आएको तर फलको आशा नराखेको बताए । प्रेमीले अनिलनाथ उप्रेतीको जीवनकथामा आधारित मञ्जिला अनिलको शब्दरचनालाई गाउन पाउँदा ज्यादै खुसी भएको भन्दै ‘जीवनको के भरोसा’ बोलको गीत पनि गाएका थिए ।
कार्यक्रममा अनिलनाथ उप्रेतीले कवि मञ्जिलाको शब्दरचना, सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत र स्वर तथा गीति चलचित्रको प्रशंसाासहित आफ्नो गीत सर्जक कमला रिसालसित संयुक्त गाएका थिए ।
कार्यक्रममा नेपाल आयल निगमका सहकर्मी इन्जिनियर अनुपम पराजुलीलेसमेत शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले स्वागत मन्तव्य राख्दै आफ्नो शब्दरचनामा गीति लघु चलचित्र प्रदर्शन गर्न पाएकोमा आभार प्रकट गरिन् ।
कार्यक्रममा निशु शर्माले ‘जय होस् तिम्रो मङ्गल होस्’ बोलको गीत गाइन् भने कार्यक्रमको सहजीकरण सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले गरेकी थिईन् ।
कार्यक्रममा साहित्यकारहरू विक्रमभक्त जोशी, सुभाषचन्द्र पौडेल, मधु पाठक, उषा के. सी., तुलसी गिरी, नेपाल आयल निगमका कर्मचारीहरू र अनिलका परिवारजन लगायतको उपस्थिति रहेको थियो ।