लण्डन । नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति, बेलायतले क्रियासिल सदस्य नवीकरण र नयाँ फारम वितरण गरेको छ । २४ मे का दिन नमस्ते गोर्खा, फेल्थाममा बसेको समितिको बैठकमा सभापति युवराज गुरुङले नेपालबाट ल्याएको फारम वितरण गरेका हुन् ।
बैठकमा जनसम्पर्क समितिका महामन्त्री तथा महासमिति सदस्य इन्द्रहाङ लिङ्देनले नेपाली कांग्रेस बेलायतको वेबसाईट निर्माण गरेको जानकारी दिए ।

बैठकले ‘सभापति कप’ आयोजना गर्ने निर्णयसमेत गरेको छ । यसको संयोजकमा नर्थ वेस्ट लण्डनका सभापति विशाल राई र वेष्ट लण्डनका सभापति निशान लिम्बु चयन भएका छन् ।
यस्तै, समितिको बैठकले विनोद योन्जनलाई नयाँ कोषाध्यक्ष चयन गर्दै बेलायत आएका नेपालमा नेपाल बिद्यार्थी संघ (नेविसंघ) मा आवद्ध ७ जना व्यक्तिहरूलाई स्वागत गरिएको थियो ।




