काठमाडौं । गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको हो ।
समझदारीपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिव बनाइएको छ । नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ ।
यस्तो छ पाँच बुँदे सहमतिमा
