ललितपुर । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका छन् ।
आज बिहान करिब सवा ६ बजेतिर भएको दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरी जनाएको छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्याइएको छ
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।