November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

७ सय ५३ पालिकामा एकीकृत समाजवादीले बुझायो ज्ञापन पत्र

1.2K

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले देशभरका ७ सय ५३ पालिकामा ज्ञापन पत्र बुझाएको छ।

सोमबार पार्टी केन्द्रको निर्णयअनुसार देशभरका ७ सय ५३ पार्टीको पालिकामा पालिका कमिटीले ज्ञापन पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा पालिका कमिटीले स्थानीय समस्या समाधान गर्नका निम्ति ज्ञापन पत्र बुझाइएको हो।

स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने भन्दै सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर मागपत्र बुझाएको हो।यसअघि बैशाख १७ गते पार्टीका केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। त्यस्तै बैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले ज्ञापन पत्र बुझाएका थिए।

Advertisement