November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल

2.9K

काठमाडौं: केलियान एम्बाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोन्टपेलियरलाई ४–० ले हराएको छ।

फ्रेन्च लिगवान अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पेले २, नेइमार र माउरफ इकार्डीले समान १-१ गोल गरे।

एम्बाप्पेले ३४औं र ६३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, नेइमारले ६०औं तथा माउरो इकार्डीले ६१औं मिनेटमा गोल गरेका थिए।

Advertisement

खेलको १९औं मिनेटमा जोनास ओम्लिन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि मोन्टपेलियर १० जनामा सीमित बनेको थियो। पीएसजीको आक्रमणसामु निरीह बनेको मोन्टपेलियरले फराकिलो पराजय बेहोर्नु पर्‍यो ।

जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ । पराजित मोन्टपेलियरको पनि समान खेलबाट २८ अंक जोडेको छ।