November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बसमा आगलागी

1.5K

काठमाडौं । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

पाँचपोखरी यातायातको सार्वजनिक बसमा १ बजे लागेको आगो १ः२० मै नियन्त्रणमा लिइएको थियो ।

Advertisement

बस जलेर पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।