काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार फुङलिङ नगरपालिकाको तेर्छे भन्ने स्थानमा बिजुलीको पोल ढलेर जिपमा करेन्ट लागेको थियो ।
करेन्ट लागेर ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।