April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

चलचित्र ‘येबा साम’को छायांकन सम्पन्न

1.5K

काठमाडौं । लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न भएको छ । गत फागुनदेखि पान्थरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रको शुक्रबार छायांकन कार्य सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।

लिम्बू समुदायमा प्रचलित येबाले गर्ने अनुष्ठानलाई मुख्य बिषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रको लेखन तथा निर्देशन बिक्रम योङ्हाङ्ले गरेका हुन ।

यसमा रोजा राई र सीता पङ्यागु निर्माता रहेको चलचित्रमा लक्ष्मी योङ्हाङ, सागर केरुङ, उदय बेघा, सम्झना राई, पुष्कर दाहाल, फुङ्सो जबेगु, आर्यान बुढा, तुलसा लिम्बुलगायतको अभिनय छ ।

Advertisement

चलचित्रमा अभय चौधरीको छायांकन, तुलसा लिम्बुको श्रृङ्गार रहेको छ ।

चलचित्र आगामी सिसेक्पा तङ्नामबाट प्रदर्शनमा ल्याइने निर्देशक योङ्हाङ्ले जानकारी दिए ।