April 7, 2025, Monday
२०८१ चैत्र २६
1:37:26 pm

बीपीको सालिकमा कालो मोसो दलेको फोटो भाइरल भएपछि राप्रपाले माग्यो माफी

515

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा कालो मोसो दलेको घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माफी मागेको छ ।

राप्रपासहित राजावादी समूहले गए राति नेपालगञ्जको बीपी चोकमा रहेको बीपीको सालिकमा कालो मोसो दल्नुको साथै कालो कपडाले छोपेका थिए । बाँके– २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकाल्ने क्रममा उक्त घटना भएको हो ।

उक्त फोटो भाइरल भएर व्यापक आलोचना हुन थालेपछि राप्रपाको नगर कार्यसमिति नेपालगञ्जले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमाप्रार्थी छौँ ।

Advertisement

आफ्ना नेताहरूको रिहाइको माग राखेर गरिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको राप्रपाको नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले दाबी गरेका छन् । ‘हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइरला हामी सबैका जनप्रीय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ,’ केसीले भनेका छन् ।