April 7, 2025, Monday
२०८१ चैत्र २५
1:37:26 pm

भाटभटेनीलाई लुटपाटबाट जोगाउने सुरक्षागार्डलाई पाँच लाख पुरस्कारसहित सम्मान

455

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्नुका साथै उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको ज्यान जानुका साथै प्रदर्शनकारीहरु लुटपाट र आगजनीमा उत्रिका थिए । प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।

लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।

Advertisement