काठमाडौं । ताप्लेजुङको पाथीभरामा पहिचानवादी पक्षधर र प्रहरीबिच शनिबार साँझ फेरि झडप भएको छ । मुक्कुम्लुङ/पाथीभराबाट फर्किएका ‘नो केवलकार समूह र प्रहरीबिच झडप भएको हो ।
अहिले स्थिति तनाबग्रस्त रहेको र प्रदर्शनकारीहरू जोखिममा रहेको पनि बताइएको छ । किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोका अनुसार अहिले आन्दोलनकारीहरू बसेको घरघरमा तोडफोड सुरु भएको छ ।उनले भनिन्, ‘केही पत्रकारहरु पनि बेपत्ता छन् । भोली बिहानसम्म के हुन्छ, थाहा छैन ।’
ताप्लेजुङको फुङलिङ बाजारमा ¥यालीमा रहेका ‘नो केवलकार समूह’का सहभागीले वीरेन्द्रचोकमा राँके जुलुस तथा नाराबासी गरेका थिए । उनीहरूले चोकमा आगो बालेर सबैतिर छर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको भनिएको छ । तर जुलुसमा सहभागि एक नेतृत्वकर्ताका अनुसार प्रशर्दन गर्ने क्रममा प्रहरीर्फबाटै बिथोल्ने कार्य भएको थियो । उनले भने, ‘हामी शान्तीपूर्ण आन्दोलनमा थियौं । हाम्रो प्रशर्दनमा भिजिलान्तेहरू पनि थिएछन् । हामीले राँके जुलुस निकालेका हौं । त्यसमा प्रहरीले पानी निभाउने बहानामा बाल्टीमा ढुङ्गाहरू बोकेर आएका रहेछन् । हाम्रै तर्फबाट आक्रमण सुरु गरेजस्तो गरे अनि हामीमाथि आक्रमण सुरु भयो ।’
पहिचान पक्षधरहरू काफ्लेपाटीको आन्दोलन पछि शनिवार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण ¥याली प्रदर्शनमा गर्दै विरेन्द्रचोक पुगी उक्त ¥यालीलाई राँके जुलुसमा परिणत गरेका थिए ।
यसअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाइते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाइते भएका थिए ।




