काठमाडौं । चलचित्रकर्मी तथा संगीतकर्मी यशकुमारको नयाँ म्युजिकल फिल्म ‘मैले तिम्रो मायामा’ दर्शकमाझ आएको छ । सोमबार जमलस्थित विश्वज्वति हलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञ साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रिमियर कार्यक्रममा गायक तथा संगीतकार अशोक मुकारुङ, डिजाइनर अनिल स्थापित, गीतकार जीवन मुकारुङ, संचारकर्मी पवन आचर्य लगायतको आतिथ्यता रहेको थियो ।
यशकुमारको शब्द तथा संगीत, देवेश राईको संगीतसंयोजन रहेको यस गीतमा स्मिता प्रधान र यशकुमारको स्वर छ । भिडियोमा गायकद्वय र रमिला मोक्तानको अभिनय छ ।




