March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

जेफाले सिर्जना डबलीद्वारा कवि समीक्षा छिलिङ राई सम्मानित

910

‘विमल स्मृति राष्ट्रिय कविता महोत्सव –२०८१’ मा पुरस्कृत कवि समीक्षा छिलिङ राईलाई ‘जेफाले सिर्जना डबली’ले सम्मान गरेको छ ।

गत शनिबार आयोजित एक कार्यक्रममा आफ्नो गाउँ र क्षेत्रमा कुनै पनि राष्ट्रिय कविता महोत्सवको पुरस्कार पहिलोपटक भित्राउदै केराबारी गाउँपालिकालाई सुबासिलो बनाएको भन्दै कवि समीक्षालाई उनकै गाउँमा आएर डबलीले सम्मान गरेको हो ।

सम्मानको क्रममा कार्यक्रमका सभाध्यक्ष कवि नवीन थापा क्षेत्री र विशिष्ट अतिथि बासुदेव पौडेलले खदा, माला र सम्मान– पत्रसहित उनलाई सम्मान गरिएको थियो ।

Advertisement

सम्मानपछि मन्तव्य राख्दै आफूले कहिले नसोचेको सम्मान पाएको बताइन् । उनले भनिन्, “जीवनमा कविता लेखेर कहिले सम्मान पाउछु भनेर कल्पनासम्म गरेको थिइनँ । आज मलाई एक अचम्म लागिरहेको छ तर म सम्मान र पुरस्कार पाउँदा खुसीभन्दा ज्यादा डराउने गर्छु । यो सम्मान र पुरस्कारको गरिमालाई बा न्याय गर्न सक्दिन कि भन्ने डरले मलाई सताईरहेको छ । यद्यपि मे मेरो जिम्मेवारी पूरा गर्न सदा प्रयत्नरत हुनेछु ।”

शुभकामना मन्तव्यको क्रममा कवि प्रकाश दिप्साली राईले सतिसालेमा आफूले कुनै समय गरेको दुखको उपलब्धि प्राप्त भएको बताए । उनले भने, “एउटा कवि जन्मन एउटा युग पर्खनुपर्छ । त्यो अर्थमा कवि र कविताको छुट्टै विषिश्ठता छ । एउटा कविले सधै नयाँ समाजको परिकल्पना गर्छ , त्यो परिकल्पनालाई सार्थक रुप दिन स्थानीय निकाय पनि गम्भीर हुनु पर्दछ ।”

कार्यक्रमका प्रमुख अतिथि शिक्षक तथा अग्रज श्रष्ठा बासुदेव पौड्यालले आफ्ना विद्यार्थीहरुले यस्तो प्रगति गरेको देख्दा बडो गौरवान्वित भएको बताए । “म आफूले पढाएको विद्यार्थी प्रकाश दिप्साली राई नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सका विजेता बन्नु यता समीक्षा अर्को कविता महोत्सवको पुरस्कृत हुनुले म गमक्कै छु ।”

सोही अवसरमा कविहरू सुदिप पाख्रीन, पराजित पोमु, स्वतिकला राई, रत्न लिम्बु, लोकेन्द्र सिलोङ्टारे, खेमराज आचार्य, सोनुमा राई, वर्षा रसाइली लगायतले कविता तथा गजलहरु वाचन गर्दै कार्यक्रमलाई सिर्जनशील बनाएका थिए ।

सो कार्यक्रमका सभाध्यक्ष कवि नवीन थापा रहेका थिए, कार्यक्रममा स्वागत मन्तव्य डबलीका प्राविधिक खेमराज आचार्यले गरेका थिए भने कार्यक्रमलाई डबलीका प्रस्तोता/गजलकार युवराज ठकुरीले गरेका थिए ।