April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

मनमोहन प्राविधिक विश्वविद्यालयमा पुसदेखि कानून पढाइ सुरु हुने

690

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा पुसदेखि कानून पढाइ सुरु हुने भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्व विद्यालयले, एलएलबी र स्नातकोत्तर तहको क्रिमिनल (फौजदारी कानुन) को पढाइ हुने जानकारी दिएको छ ।

प्रविधिमैत्री, व्यावहारिक र समय सान्दर्भिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मनमहोनमा कानुन विषयको पढाइ सुरु हुने तयारी गरिएको उपकुलपति डा. सुवास श्री पोखरेलले जानकारी दिए ।

मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलोपटक स्कुल अफ एप्लाइड साईन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन ईस्टिच्युट अफ ल’ स्थापना गरेर नयाँ नमुना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह बीबीए एलएलबी) को पढाई सुरु गरेको र यो पाठ्यक्रम धेरै विज्ञहरूबाट सुझाव लिएर तयार गरेको उपकुलपति पोखरेलको भनाइ छ ।

Advertisement

यसले कानून, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, कानुन व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने उनको दाबी छ ।

पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने उनले बताए । कानुन विषय पढ्नका लागि विद्यार्थीले पाँच वर्षमा मात्र ४ लाख ५० हजार शुल्क रहेको छ । छात्रवृत्तिको व्यवस्था समेत रहेको विश्व विद्यालयले जनाएको छ ।