March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

उदयपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ कार्तिक १७

1K

विराटनगर । उदयपुरमा कारको ठक्करबाट मोटरसाइकल चालक एकजनाको ज्यान गएको छ । शुक्रबार चौदण्डीगढी नगरपालिका –६ सातधारेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टार बजार नजिकै रहेको सशस्त्र प्रहरी क्याम्पस अगाडिको मोडमा काठमाडौंबाट पूर्व झापातर्फ आउदै गरेको प्रदेश ०१–०२६ च. ५०६२ नं. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प.८८४९ नं. को मोटरसाईकललाई ठक्कर दिँदा चौदण्डी गढी नपा– २ माडीबासका ४३ वर्षीय तिलक राईको मृत्यु भएको हो ।

मृतक राईको उपचारका क्रममा नगर अस्पताल बेलटारमा ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई गम्भीर घाइते भएका छन् । राईलाई थप उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।

Advertisement

दुर्घटनामा संम्लग्न कार र चालक नुवाकोट बेलकोटगढी नगरपालिका– ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।