November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कुकुरसहितको चेकिङ टोलीद्धारा नियन्त्रित औषधीसहित पक्राउ

२०८१ कार्तिक ११

1.4K

विराटनगर । नियन्त्रित औषधीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उप–महानगरपालिका–१७ स्थितमा डग स्निफिङको क्रममा नियन्त्रित औषधीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाडपर्व लक्षित सुरक्षा योजना अनुसार कार्तिक १० गते परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा धरानबाट उदयपुर जाँदै गरेको को. १ख ५४४० नम्बरको बसमा सवार रहेका उदयुर त्रियुगा नगरपालिका–१० का २५ बर्षीय संजय राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएएको छ ।

लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा शंकित ब्यक्तिहरू तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।

Advertisement