November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एट्लेटिकोलाई ७ अंकको अग्रता

3.9K

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लुइस सुआरेज चम्किएपछि एट्लेटिकोले पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता भने आइबरले बनाएको थियो । खेलको १२ औं मिनेटमा मार्कोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८९ औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।

Advertisement

जितसंगै एट्लेटिकोले १७ खेलमा ४४ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा ७ अंकले अघि रहेको छ । आइबर १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।