November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

घरेलु मैदानमा लिभरपुल पराजित

3K

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । साविक विजेता समेत रहेको लिभरपुल बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ । लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो ।

लिभरपुलको यो सिजनको तेस्रो हार हो । यस हारसंगै लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।

Advertisement