November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनएद्वारा बाढीपीडितलाई राहत वितरण

1.3K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीपीडितलाई राहत वितरण गरेको छ ।

एनआरएनएले काठमाण्डौंको दक्षिणकाली नगरपालीका क्षेत्रमा बाढी तथा डुबानका कारण प्रभावितहरुलाई राहत वितरण गरेको हो।

त्यहाँका ५० परिवारका लागि खाद्य सामाग्रीसहित लत्ताकपडा वितरण गरिएको अध्यक्ष डा बद्री केसीले जानकारी दिए ।

Advertisement

अध्यक्ष डा केसीको नेतृत्वमा संघको तर्फबाट राहत वितरण गर्न गएको उक्त टोलीमा उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहाकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ताहरु, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्र लगायत छन् ।