विराटनगर । इलाका प्रहरी कार्यालय सुनसरीको आयोजनामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्ग आत्महत्या न्यूनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगर स्तरिय र वडा स्तरिय आत्महत्या न्युनिकरण व्यवस्थापन कार्यदल समितिका पदाधिकारीहरुलाई ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना–२०८१’ को अवधारण अनुसार गरिएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राइको अध्यक्षता तथा नगर स्तरिय आत्महत्या न्यूनीकरण समितिको संयोजक उमेश मेहताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।