April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौंमा खोलाले बगाउदा एक मोटरसाइकल चालक बेपत्ता

730

काठमाडौं । काठमाडौंमा खोलाले बगाउदा एक मोटरसाइकल चालक बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६:१५ मा महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका हुन् । 

खोलाले बगाउदा बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भई हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ बेपत्ता छन् । हाल उनको खोजी भइरहेको छ ।