April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

प्रदेश संरचना हटाउन सक्ने स्थिति छैनः देउवा

970

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना अहिले हटाउन सक्ने स्थिति नरहेको बताएका छन् । मंगलबार कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले संविधान संशोधनमार्फत अहिले प्रदेश संरचना हटाउन नसकिने बरु प्रदेशलाई पारदर्शी र उत्तरदायी बनाउने कुरामा मात्रै सोच्न सकिने बताएका हुन् ।

सभापति देउवाले भने, ‘प्रदेश संरचना बनिसकेको छ । हट्ने कुरा छैन, यो हटाउन सक्ने स्थिति पनि छैन । कसरी प्रदेश संरचनालाई उत्तरदायी बनाउने ? प्रदेश संरचनालाई कसरी पारदर्शी बनाउनेदेखि लिएर साह्रा कुराको सम्बन्धमा विचार गर्ने सोच्ने, त्यसअनुरुप सुधार गर्ने कुराहरु हुनसक्छन् ।’

त्यस्तै, देउवाले प्रजातन्त्रको खिलापमा संविधानका कुनै पनि व्यवस्था संशोधन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू प्रजातन्त्रको लागि जेलनेल भोगेर आएको स्मरण गराउँदै उनले अग्रगामी संशोधन हुने विश्वास दिलाए ।

Advertisement