April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कविता: ‘स्वर्गीय स्याल र सुम्हात्लुङ’

प्रदीप कन्दङ्वा
२०८१ भाद्र २९

2.2K

बाघको छाला ओढेर
भेडाको शहर पस्यो ‘स्वर्गीय स्याल’
गोली गढ्ढा लुकायो माटो मुनि
र खोज्यो बजारको सौदागर
सौदागर ! ओ सौदागर !
मेरो यार् मेरो दिलबर
आऊ षड्यन्त्रको सत्संग गरौं
खेलौं अमनचयन र समृद्धिको गोक्ते
स्यालले बाँड्यो ‘बाउन्न पत्तिको त्रिपन्न झेल’

टेक्यो भेडाको टाउकोमा
र चढ्यो सिंहदरवारको भर्‍याङ
भन्यो- “मै हुँ हुकुमको एक्का”
“हो ख्वामित”
भेडाको बथानले भुइँमा पछारे बेगम र बादशाह
स्यालले दच्कायो सिंहासन
त्यो सपनाको व्यापारी
त्यो दुष्ट
त्यो दले
त्यसले समाजवादी ताउ लगायो जुँगामा
उत्तर दिशा फर्कायो कपाल
र टेक्यो कथित सर्बाहाराको सुम्हात्लुङ

आम्बि…ति खाम्जिरी लुङ्जिरी
ए… ति येत्हाङ्सा, थिबोङ्सा
अहो… ति ढुँगा माटोका सन्तान
आरे.. लाघे बितल पर्‍यो
तिनले बक्साए तिङदिङ नाहेन
उठाए माङ्गेना
तङसिङ् तक्मा गरे
तिनले तितेपातीले पुछे आफ्ना आँशु
सेसे साँग साँग सेसे साँग साँग
नामबाचा लाबाचा माङ्बाचा
तिन त्याली तिन बाचा
ई …. हु … ई…. हु… ई… हु….
तिनले ढोगे ईक्सादिङ् खाम्बेक
र रोपे कसमको लुङधुङ
उज्याए स-सानो मुठ्ठी
तागेरा तागेरा निङ्वाफुमाङको कसम
याक्थुङ लाजे-
थियो


रहनेछ ।

Advertisement