काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुनिल धमलाले शतक बनाएका छन्। पुलिसका ओपनर ब्याट्सम्यान सुनिलले लुम्बिनी प्रदेशविरुद्ध शतक बनाएका हुन्।
प्रधानमन्त्री कपमा आफ्नो पहिलो शतक बनाउने क्रममा सुनिलले १४२ बलको सामना गरे। अनिल खरेलको बलमा आउट हुनुअघि सुनीलले १४५ बलको सामना गर्दै सात चौका र एक छक्कासहित १०४ रन बनाए। जारी प्रधानमन्त्री कपमा यो दोस्रो शतक हो। यसअघि आर्मीका कप्तान विनोद भण्डारीले गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए। विनोदले गण्डकीविरुद्ध ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै अविजित १११ रन बनाएका थिए।