काठमाडौं । मीन भामको चलचित्र ‘साम्बाला’ले आगामी ओस्कारका लागि नेपालबाट प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९७ औं संस्करणका लागि नेपालबाट साम्बालाले प्रतिनिधित्व गर्ने भएको हो ।
साम्बाला शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । उक्त चलचित्रको भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा गत आइतबार प्रिमियर गरिएको थियो ।
साम्बाला जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भएको थियो ।