काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस नयाँ र पुरानो दुई वटा पुलको बीचबाट तल खहरेमा खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको छ। घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको छ ।
उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।