November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धनकुटामा विश्व आत्महत्या रोकथाम दिवस २०८१ कार्यक्रम सम्पन्न

1.4K

विराटनगर । धनकुटामा विश्व आत्महत्या रोकथाम दिवस २०८१ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं–६ स्थित परिचयमोड बाट ‘विश्व आत्महत्या रोकथाम दिवस’ को अवसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको प्रमुख अध्यक्षता रहेको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिकाको प्रशासकिय अधिकृत, स.प्र.बल नेपाल गुल्म छिन्ताङ धनकुटाका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, महिला संञ्जाल, महिला मानव अधिकार रक्षक संञ्जाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक शिक्षिका लगायत २०० जनाको उपस्थिति रहेको थियो ।

Advertisement

‘विश्व आत्महत्या रोकथाम दिवस’ भन्ने नारासहितको प्लेकार्ड, पर्चा वितरण, ब्यानरसहितको प्रभातफेरी तथा जिङगल समेत बजाई धनकुटा बजारको विभिन्न चोक हुँदै धनकुटा न.पा.४ स्थितमा रहेको सामुदायिक भवनको सभाहल पुगी प्रमुख अतिथि लगायत उपस्थित अतिथिहरुबाट आत्महत्या रोकथाम सम्बन्धी आफ्ना मन्तव्य राखेका थिए ।