काठमाडौं । चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ मा भएको दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार सोमबार बिहान वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनरले विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६–००३प ४८५१ नम्बरको मोटरसाइकललाई शान्तिचोकमा ठक्कर दिएको थियो । गम्भीर घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको हो ।
ठक्कर दिने कन्टेनरका चालक बाराको गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।