April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओली सरकारले भ्रष्टाचार विरोधी अभियान रोक्यो: प्रचण्ड

730

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारले भ्रष्टाचार विरोधी अभियान रोकेको आरोप लगाएका छन् ।

बुधवार पार्टीको अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठकमा बोल्दै उनले सरकारले जनविरोधी क्रियाकलापहरू गरिरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारको जनविरोधी क्रियाकलापहरू, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ ।’

Advertisement

उनले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको पनि बताए । कांग्रेस एमालेको त्यस्तो कदमलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले भने, ‘दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ ।’