November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको छायांकन सुरु

1.2K

काठमाडौं ।अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकद्वारा रचित “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचार विरुद्धको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । म्युजिक भिडियोको छायांकन होटल सिटी गाँउ, भक्तपुरमा गरिएको हो।

हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार बीबी अनुरागीको संगीत रहेको यस गीतमा कुन्ती मोक्तान र शिशिर योगीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा किरण केसी, विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आरके मानन्धरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन सुदन केसी र सहनिर्देशन चन्द्र भण्डारीले गरेका हुन्। यस्तै “भ्रष्टाचारको चपेटामा देश”को गीतको परिमार्जन सर्जकहरु  जनक थापा र रामप्रसाद खनालले गरेका हुन् ।

Advertisement

म्युजिक भिडियोको छायांकनमा फाउन्डेसनकी संरक्षक सरिता पाठक, मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटी, पत्रकार शिव गाउँले, समाजसेवीहरु ओम उप्रेती, गोपाल गड्तौला, कमल रिजाल, प्रकाश भेटवाल, सन्ध्या सिटौला, समिष्टा भेटवाल, दिपक भेटवाल, सुनिता भेटवाल, सिर्जना पोखरेल, पूजा सुवेदी, रन्जु निरौला, नविन भेटवाल, दिनेश बस्नेत, अनु थापा, गणेश बस्नेत, मेजर केशर महत, ज्ञानबहादुर कार्की, विष्णुमाया भेटवाल लगायतको सहभागीता रहेको थियो ।

हेम सरिता पाठक फाउन्डेसनले एक लाखको “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार”, एक लाखको “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” र दुई लाखको “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” प्रदान गर्दै आएको छ ।

यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्न बर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ । यसैगरी  प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।