November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माधव नेपाल रुस प्रस्थान

955

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् । ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी रुसको भ्लादिभोस्तक प्रस्थान गरेका हुन्।

‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ । उनी आगामी आइतबार स्वदेश फर्किनेछन् ।

Advertisement