विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
शनिबार साँझ बिर्तामोड प्रदेश १-०२-००२ ख ००३५ नम्बरको बसले प्रदेश १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार रहेकी इलाम माई नगरपालिका-४ की ३० बर्षीया तुलसा पाँचकोटी घाईते भएकोमा तत्काल उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न बस चालक झापा कन्काई नगरपालिका-३ का हिमाल बि.क र मोटरसाइकल चालक इलाम नगरपालिका-४ का ठिर प्रसाद सुवेदी तथा दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।