November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

श्रमिक सङ्गठन काठमाडौंको गर्यो तिज विषेश कार्यक्रम

1.3K

काठमाडौँ । महिलाहरूको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक सङ्गठन काठमाडौँ जिल्ला कमिटीले तिज विषेश कार्यक्रम गरेको छ । शनिवार काठमाडौको बागबजारमा आयोजित कार्यक्रमको समन्वय नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन केन्द्रीय कमिटीले गरेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता काठमाडौ जिल्ला कमिटी अध्यक्ष इश्वरी बानियाँले गरेकी थिइन् भने कार्यक्रमका प्रमुख अतिथि एकीकृत ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु प्रसाद लम्साल थिए ।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिदैँ प्रमुख अतिथि लम्सालले तिजको नाममा विकृति फैलिरहेको भन्दै यसलाई सभ्य ढङ्गबाट मनाउन महिला दिदीबहिनीहरूलाई आग्रह गरे । उनले भने , ‘अहिले तिज धर्म र जात विशेष नभइ समाजका सबै वर्ग र पक्षले मनाउन थालेर अपनत्व ग्रहण गरिरहेका छन् । यो राम्रो पक्ष हो । तर तीजको उपवास गर्ने बेलामा महिलाहरूले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्छ ।’

Advertisement

यस्तै एकीकृत ट्रेड युनियन महासंघ नेपालका उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सुनिता थापाले राज्यले महिला, पुरुषको श्रमलाई एउटै दृष्टिले हेर्नु जरुरी भएको भन्दै अझै पनि विभिन्न ठाउमा महिला र पुरुष बीच विभेद हुने गरेको विषयमा चिन्ता व्यक्त गरिन् । महिलालाई अगाडि बढाउन घर समाज र राज्य लाग्नु पर्ने उनको धारणा थियो ।
उक्त तिज विषेश कार्यक्रमको संयोजन एकीकृत ट्रेड यूनियन महासंघ नेपालका सचिव वेद प्रसाद हुमागाँईले गरेका थिए । कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव दीपक पौडेल , सचिवद्वय वेद प्रसाद हुमागाईँ, दिनेश घिमिरे लगायत केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित महिला दिदीबहिनीहरूले दर खाएर तिजका विभिन्न गीतमा नाचगान गरि मनोरञ्जन गरेका थिए ।