April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते

745

काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बिहान सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

बस जानकी गाउँपालिका-६ कोठारपुरमा सडकमै पल्टिएको थियो।

Advertisement

घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको र बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।