November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एकजना पक्राउ

1.4K

काठमाडौं । अमेरिकामाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासका अनुसार संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार बेलुका पक्राउ गरिएको हो ।

संदिग्धलाई बुधबार बेलुका ८ बजेलगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो । सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको खसोखासले जनाएको छ ।

Advertisement

पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५:३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।