November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको ‘इन्टरनेटरी ह्रुप ताजी’ सार्वजनिक

3.5K

काठमाडौं । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’ बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन् ।

गायिका स्याङ्तानले बिदेशी भूमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन् । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफू विश्वास्त रहेको बताइन् ।

गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन् । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन् ।

Advertisement