November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

टिका प्रसाईंको ‘माया बस्यो संगिनी’ सार्वजनिक

3.6K

काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा ‘माया बस्यो संगिनी’ गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ ।

तिजमा नेपाली नारीहरुले भोगेको पीडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की , संचिता बुलाखे , टिका प्रसाईं , सरोज बुढाथोकीले अभिनय गरेका छन् ।

Advertisement

भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन् । गीतमा तिजको मौलिक पनलाई आकर्षक ढंगबाट समावेश गरिएको छ ।

https://youtube.com/watch?v=O4aMrYf2n6U%3Fsi%3D_wBvyK5oTQkf5Ehw