April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हामी नयाँ समाजवादी क्रान्तिको तयारीमा छौँ- प्रचण्ड

18.6K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने बताएका हुन् । 

माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा पार्टीभित्र नेतृत्व, विचारको बहस गर्दै अघि बढेको स्मरण गर्दै प्रचण्डले भने, ‘हामी नयाँ समाजवादी क्रान्तिको तयारीमा छौँ । जसरी जनयुद्धको तयारी अवस्थामा थियौँ । त्यतिबेला आवश्यक विचार, राजनीतिक, संगठन, प्राविधिक तयारी जसरी गरिएको छ । समाजवादी क्रान्ति गर्ने तयारीका साथ अघि बढेको छु । त्यतिबेला विचार, लाइन र बहसको विवाद थियो । विवादबीच जनयुद्ध यहाँसम्म आइपुग्यो । अहिले आत्तिनुपर्ने कारण छैन । यो बहसले पार्टीलाई अझै एकताबद्ध बनाउने छ । माओवादीले समाजवादी क्रान्तिको नेतृत्व गर्छ भन्ने विश्वास छ ।’

स्थायी समितिमा आफू र उपमहासचिव जनार्दन शर्माबीच भएका आशंका समाधान भएको उनको दाबी थियो ।उनले शर्माले पार्टी विभाजन गर्ने भ्रमको अन्त्य भइसकेको बताउदै आफू र शर्माबीच विवाद हुनुलाई ‘अगुल्टो ठोसेर आगो बाल्ने’ नीतिको रुपमा लिन कार्यकर्तालाई आग्रह गरे ।

Advertisement